काठमाडौं, साउन ३१ – आउँदो भदौ १६ गतेबाट हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा सिधा उडान गर्ने भएको छ । दसैँ तिहारको विशेष उपहार भन्दै हिमालय एअरलाइन्सले नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक साउदीमा उडान भर्न लागेको जनाएको छ ।दैनिक उडान संचालन गर्ने हिमालय एअरलाइन्सको विमान उडान नम्बर एच ९५५९ (H9559) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साढे १० बजे उडेर किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिनको १२ बजेर ५० मिनेट जाँदा अवतरण गर्ने छ ।त्यसैगरी उडान नम्बर एच ९५६० (H9560) किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थल दमामबाट १ बजेर ५० मिनेट जाँदा प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजेर १५ मिनेट जाँदा अवतरण हुनेछ ।एअरलाइन्सले काठमाडौं-दमाम-काठमाडौंको लागि शुरुवाती टिकटदर करबाहेक २३ हजार ८ सय रुपैयाँ एकतर्फी र ३८ हजार रुपैयाँ
अब साउदी बाट सिधै नेपाल को लागि उडान भर्ने हिमाल्या अब नेपाली को लागि खुसी को खबरदुईतर्फी तोकेको छ । त्यसैगरी दमाम-काठमाडौं-दमामको शुरुवाती टिकटदर एकतर्फी करबाहेक ८ सय ५० रियाल र दुईतर्फी १३ सय ६० रियाल तोकेको छ । साथै दुवै मार्गमा बिजनेस क्लासको लागि ४० किलो र इकोनोमी क्लासको लागि ३० किलो ब्यागेज ल्याउन निःशुल्क गरेको एअरलाइन्सले जनाएको छ ।
हिमालय एअरलाइन्सले अस्फर ट्राभल एण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक बिक्रेता तोकेको छ ।नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स् निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो । सन् २०१४ मा स्थापित एअरलाइन्सले मे ३१, २०१६ देखि कतारको दोहामापूर्ण सिट क्षमतामा आफ्नो सिधा नियमित उडान गर्दै आएको छ । अहिले क्वालालम्पुर, याङगुन र दुबईमा सिधा उडान गरिरहेको छ । केही महिनापछि एयरलाइन्स्ले पहिलो चरणमा दमाम, ढाका, हङकङ, र बैंकक र दोस्रो चरणमा बेइजिङ्ग र चेन्ग्दुमा पनि उडान भर्ने तयारी गरेको जनाएको छ।
good news for me
ReplyDelete