एक लाख रुपैयाँ बचत गर्दा दुई लाख रुपैयाँ पाइने एनआइसी एसिया बैंकको ‘डबल डिपोजिट’ अफर !

काठमाडौं – एनआइसी एसिया बैंकले ’डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्य रहेको यस योजनामा रकम जम्मा गरेको निश्चित अवधिपछि दोब्बर रकम भुक्तानी गर्ने बैंकले जनाएको छ ।

दोब्बर रकम पाउन कम्तिमा एक लाख रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ। ९ बर्षको अवधिमा रकम जम्मा गर्ने सर्वसाधारणले दोब्बर रकम भुक्तानी पाउने छन् । संस्थागत निक्षेपकर्ताले भने दोब्बर पाउन १० बर्ष कुर्नु पर्ने बैंकले जनाएको छ ।

बैंकले ब्याज आम्दानीमा कर कट्टी गरेपछि दोब्बर रकम भुक्तानी गर्ने छ। ’नयाँ योजनाले ग्राहकलाई ब्याज थपघट हुनेसक्ने जोखिमबाट जोगाउँछ’ प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने।

बैंकका देशभर ११९ शाखा र ४ एक्सटेन्सन काउन्टर छन्। बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर वापत १०५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।

Thank for visit my website page

Previous Post Next Post

Contact Form